सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

सवै क्षेत्रमा विदेशी लगानी आवश्यक पर्दैन

अन्तर्वार्ता

Anjan

सवै क्षेत्रमा विदेशी लगानी आवश्यक पर्दैन

अन्जन श्रेष्ठ /
पूर्व अध्यक्ष-नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल

दुई दिने लगानी सम्मेलन शनिबार काठमाडौंमा सकियो । झण्डै हजार स्वदेशी तथा विदेशी लगानीकर्ता सम्मेलनमा सहभागी वने । यो सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित पनि वन्यो । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विदेशी लगानी ल्याउनुपर्ने र स्वदेशी लगानीका उद्योगलाई संरक्षण दिनुपर्नेमा निजी क्षेत्रको जोड रह्यो । यसै सन्दर्भमा समग्र लगानी सम्मेलन र निजी क्षेत्रका मुद्दाह?बारे नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्य एवं नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष अन्जन श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

लगानी सम्मेलन कस्तो रह्यो ?
सरकारले परिकल्पना गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ सँग यो लगानी सम्मेलन जोडिएको छ । सरकारले समग्र राष्ट्रलाई प्रतिफल दिनेगरि सम्मेलन गरेको हाम्रो बुझाई छ । एउटा नागरिकको हैसियतले पनि यसमा खुसी हुनैपर्छ । सम्मेलन उद्यम–व्यवसायसँगै सम्बन्धित छ । देशबाहिरबाट थुप्रै व्यवसायी–लगानीकर्ता आउनुभयो । नेपालमा लगानीको अवसर खोज्ने यो आगमन निश्चय पनि हाम्रो ?चीको विषय हो । यसबाट हामी साँच्चै उत्साहित छौं ।

 

प्रतिवद्धता अनु?प लगानी भित्रने अपेक्षा गर्नुभएको छ ?

सरकारले यो सम्मेलन आयोजना गर्दा नै विगतमा प्रतिवद्धताअनु?प लगानी नआएको विषयलाई ध्यानमा राखेकै होला । लगानी बोर्डले विगतका कमी कमजोरी समीक्षा गरेर सच्याएको छ भन्ने हामिलाई लागेको छ ।
यसअघिको सम्मेलनमा २५० विदेशी लगानीकर्ता आएकामा अहिले ६०० सयभन्दा बढी आउनुभएको छ । यसअघिको सम्मेलन देश निर्वाचनको संघारमा रहेको बेला भएको थियो, अहिले दुई तिहाई बुहमतसहितको स्थीर सरकार छ । त्यतिबेला हामी कोल्टो फेर्दै थियौं, अहिले कोल्टो फेरिसकेको अवस्था छ ।

स्थिर सरकार छ तर लगानी बढ्न सकेको छैन । किन होला ?
यो अवस्य हो । तर कम्युनिस्ट सरकार छ भनेरै विदेशी लगानी घट्यो भन्ने मलाई लाग्दैन । कुनै विदेशी लगानीकर्ताले यो खालको कुरा गरेको सुनेको पनि छैन । कम्युनिष्ट पार्टीकै सरकार भएको चीनमा त्यत्रो लगानी गइरहेको छ । त्यसकारण आशंका गर्नुपर्ने अवस्था छैन । वाम सरकार भए पनि संविधानले ‘समाजवाद उन्मुख अर्थतन्त्र’ भनेको छ । खुला बजार अर्थनीति अंगिकार गरिएको छ । कसैको सम्पत्ति राष्ट्रियकरण गरिने छैन भनेर संविधानमै लेखिएको अवस्थामा त्यस्तो आशंका त कतै पनि छैन होला ।
सम्मेलनमा हामीले सही क्षेत्र पहिचान गरेर देखाउन सक्यौं ?
नेपाल आत्मनिर्भर भएको वा आत्मानिर्भर उन्मुख क्षेत्रमा विदेशी लगानी ल्याउनु हुँदैन ।

होटल व्यवसायीह? होटलमा विदेशी लगानी चाहिँदैन भनिरहनुभएको छ । सिमेन्टमा, डेरि, कृषि र कृषि उपज प्रशोधन उद्योगमा चाहिन्न भन्ने छ ।

हामीलाई पूर्वाधारमा विदेशी लगानी र प्रविधि चाहिएको छ । त्यसमा पैसासँगै प्रविधि पनि आउनुर्पयो । त्यसले हाम्रो क्षमता र आत्मविश्वास पनि बढाउँछ । हामीसँग जे छैन, त्यो कहीँबाट आउनुर्पयो ।

 

नेपाली व्यवसायीह? विदेशी लगानीसँग किन डराउँछन् ?
डराएको होइन । आफूले सक्ने ठाउँमा अ?को लगानी आवश्यक छैन भन्ने निजी क्षेत्रको भनाई हो । २०४८ सालमा खुला बजार अर्थतन्त्र लगाउँदा पनि यस्तै आरोप लगाइएको थियो । विदेशी लगानी आउँछ भनेर स्वदेशी डरायो भनिएकै थियो । तर आज राष्ट्रिय उद्योगको योगदान कहाँ गयो त ? खुला बजार अर्थतन्त्रलाई म कहिले पनि गलत भन्दिन । नेपालको आर्थिक आधार र आकार जुन स्तरमा आज बन्यो, त्यो खुला बजार अर्थनीतिकै कारण हो ।

स्वदेशी उद्योग बचाएर विदेशी लगानी ल्याउन नेपालजस्तो देशले पर्याप्त लाभ लिन सक्ला ?
धेरै नेपाली दाजुभाइ दिदीबहिनी कामका लागि विदेश गइरहनुभएको छ । सा–साना उद्योगमा पनि विदेशी लगानी ल्याएर यो क्रमलाई निरन्तरता दिने हो ? सानो लगानी भएपनि स्वदेशमै गर्छु भन्नेलाई ठाउँ नदिने ? बिजनेशमा आउन खोज्दै गरेका नयाँ पुस्तालाई नेपाल आकर्षक लगानी गन्तब्य हो भनेर नदेखाउने ? कि सबैलाई विदशेमै धकेल्ने हो ?

हामीले स्वदेशमा अवसर छ, काम खोज्दै विदेश नजाउ भन्ने देखाउनै पर्छ । कुनै पनि देशले आफ्नो नागरिकको स्वार्थ संरक्षण गर्छ । यो विश्वब्यापी अभ्यास हो, हामीले पनि गर्नुपर्छ । विश्व व्यापार संगठन (डब्लुटीओ) को वकालत गर्ने देशह? आफ्नो राष्ट्रिय स्वार्थ संरक्षणका लागि अनेक काम गर्छन्, हामीले पनि गर्नुपर्छ । यसो भन्दा निजी क्षेत्र विदेशी लगानीसँग डराउँछन् भन्नु सरासर गलत हो । धेरै नेपाली व्यवसायी विदेशी लगानीकर्ता ल्याउन खोजिरहेका छन् । देशमा आर्थिक पान्तरण गर्न हाम्रो मात्रै पुँजीले पुग्दैन भन्ने सबैलाई थाहा छ । तर, त्यसका लागि निश्चित क्षेत्र तोकिन आवश्यक छ ।

Share this news: