सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

फेरी सलवलाउँदै सुन तस्कर, नयाँ नयाँ शैलीमा तस्करी गर्न शुरु

सुन–चाँदी

gold

फेरी सलवलाउँदै सुन तस्कर, नयाँ नयाँ शैलीमा तस्करी गर्न शुरु

सुनाखरी न्युज/
काठमाडौँ — पछिल्लो समयमा सुन तस्करहरु पुनः सलवलाउन थलोका छन् । उनीहरुले नयाँ शैली अपनाएर यस्तो काम गर्न थलोको पाइएको छ ।
चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्‍यो । थाइल्यान्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन विमानस्थल बाहिरको नयाँ पार्किङ क्षेत्रमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । भारतीय नागरिक पक्राउको यो घटनाले नेपाल हुँदै भारत पुर्‍याउने अवैध स्वर्ण धन्दा निरन्तर चलिरहेको प्रमाणित गरेको छ ।

गृह मन्त्रालयले फागुन १३ मा जारी गरेको ‘गृह प्रशासन सञ्चालनको एक वर्ष’ प्रतिवेदनमा संगठित सुन तस्करीको सन्जाल ध्वस्त पारेको दाबी गरेको डेढ महिनापछि विमानस्थलबाट यतिका धेरै अवैध सुन बरामद भएको हो ।

 

गत वर्ष माघ ९ मा मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले विमानस्थल हुँदै भित्र्याएको अवैध सुन हराएपछि सुरु भएको अपहरण र व्यक्ति हत्याको घटना अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले विमानस्थल संगठित स्वर्ण धन्दाको केन्द्र बनेको बताएको थियो । सरकारले गत वर्ष फागुन अन्तिम साता बनाएको उक्त समितिले १६ साउनमा झन्डै साढे ७ सय पृष्ठको अन्तिम प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाए पनि त्यसलाई गुपचुप छ ।

Share this news: