सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

मलेसियामा भएको बस दुर्घटनामा दुई नेपाली सहित ११ जनाको मृत्यु

विश्व

busss

मलेसियामा भएको बस दुर्घटनामा दुई नेपाली सहित ११ जनाको मृत्यु

सुनाखरी न्युज/  एजेन्सी- मलेसियाको सेपाङमा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ। ४३ वर्षीय चालकसहित ११ जनाले ज्यान गुमाएको स्थानीय अधिकारी जुल्किफ्ली अदामशाहले जानकारी दिए। दुर्घटनामा ५ बंगलादेशी, ३ इन्डोनेसियन महिलाको समेत मृत्यु भएको हो। घटनामा ५ जना गम्भीर घाइते भएका छन्। गम्भीरसहित अन्य घाइतेहरुको सेरदाङ, पुत्रजया, बान्टिङ र कजाङका अस्पतालमा उपचार भइरहेको छ।

 

उक्त दुर्घटना स्थानीय समय अनुसार आइतबार राति ११:१० मा भएको हो। बसमा ४३ जना सवार थिए। उनीहरु एमएएस कार्गो कम्प्लेक्समा कार्यरत कामदार हुन्। चालकको असावधानीकै कारण दुर्घटना भएको बताइएको छ।

एजेन्सी

Share this news: