सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

रसुवागढी र साञ्जेनको आइपीओ बैंशाख ६ गतेदेखि खुला हुने

शेयर

IPO

रसुवागढी र साञ्जेनको आइपीओ बैंशाख ६ गतेदेखि खुला हुने

सुनाखरी न्युज/ काठमाडौं – रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीले बैशाख ६ गतेदेखि सर्वसाधारणमा आइपिओ बिक्रि खुला गर्ने भएको छ । सान्जेनले ५४ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्दैछ । यसमध्ये २ लाख १९ हजार कित्ता ९४ प्रतिशत० कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७ सय ५० कित्ता ९५ प्रतिशत० म्युचुअल फण्डको लागि छुट्याइएको छ बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यता रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपिओ निष्काशन गर्दैछ ।

 

यसमध्ये ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्युचुअल फण्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ । यी दुवै कम्पनीको आइपिओमा यसअघि आवेदन दिएका संस्थापक सेयरधनी कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र कर्मचारी सञ्चयकोषको सञ्चयकर्ताले आवेदन दिन पाउँने छैनन् । यी दुई कम्पनीको आइपिओमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यो आइपिओ प्रतिकित्ता १०० रुपैयाँ अंकित हो ।

Share this news: