सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

किल दिस लभले तोड्यो युट्युबमा गंगनम स्टाइलको रेकर्ड

प्रवास

dance kill this love

किल दिस लभले तोड्यो युट्युबमा गंगनम स्टाइलको रेकर्ड

 

सुनाखरी युज/
काठमाडौं-
किल दिस लभले युट्युबमा गंगनम स्टाइलको रेकर्ड तोडेको छ । दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।

पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।

यी हुन् २४ घण्टामै युट्युबमा सबैभन्दा धेरै हेरिएका गीत

· ब्लाक पिंकको किल दिस लभ स् ५ करोड ६७ लाख पटक

· एरियाना ग्रान्डेको थ्याक्यू स् ५ करोड ५४ लाख पटक

· बिटिएसको आइडल स् ४ करोड ५९ लाख पटक

· टेलर स्विफ्टको लुक ह्वाट यू मेड टू मी स् ४ करोड ३२ लाख पटक

· एमिनेमको किल शट स् ३ करोड ८१ लाख पटक

 

बीबीसी

Share this news: