सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

यूएम बाइक ले ल्यायो नयाँ वर्षको बहार, एक लाख सम्म नगद उपहार

अटो

Capture

यूएम बाइक ले ल्यायो नयाँ वर्षको बहार, एक लाख सम्म नगद उपहार

सुनाखरी न्युज/ काठमाडौँ – यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमो टिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १लाख रुपैयाँ सम्म जित्न सकिनेछ। सो अफर चैत २५ देखिला गूभएको छ र आगामी बैशाख मसान्त सम्म सञ्चालन हुनेछ। डर्टरक्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन्। नेपाली बजारमा यूएमका डीएस आर २००, डीएस आर २३०, हाइपरस्पोर्ट २५० ररेनेगेड सिरिजका बाइक उपलब्ध छन्। नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजरबाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ।

 

विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरु लाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी छ। अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ। नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटो मोटिभ्सले जमलमा रहेको सोरुम लाई गैरीधारामा सारेको हो। ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनी ले बताएको छ। यूएमका बाइक राम्रो पिकअप, माइलेज र पर्फमेन्सको लागि पनि लोक प्रिय छन्। कम्पनी ले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि सोरुममा आकर्षक रुपमा सजाएर राखेको छ।नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएस आर २०० को मूल्य ४ लाख, डीएस आर २३० को मूल्य ४ लाख ३५ हजार, हाइप रस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगे डस्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेडकमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगे डस्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ छ।

Share this news: