सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

नेशनल लाईफ इन्स्योरेन्सद्धारा नि शुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन

बीमा

Capture

नेशनल लाईफ इन्स्योरेन्सद्धारा नि शुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन

सुनाखरी न्युज/ काठमाडौँ – राम प्रसादखत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनललाईफ इन्स्योरेन्स क लि को सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने श्री दुर्गा महालिङ्गमा बि को भवनमा  दुई दिने निशुल्कबिशेषज्ञ स्वास्थ्यशिबिर सञ्चालन भै सम्पन्नभयो । उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल प्रा ली, तिलोत्तमाआंखा अस्पताल, आम्दा हस्पिटल प्रा ली बुटवल र हिमाल डेन्टल हस्पिटल प्रा लि का चिकित्सकहरुको संयुक्त टोलिले सेवाप्रदान गरेको थियो ।

 

७ वटा बिशेषज्ञ बिधामा सेवाप्रदान गरिएकोमा सामान्यचिकित्सातर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २,९९६ जनाको स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दुअप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांतनिकालेको बताइएका छन् । सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्कऔषधी समेत बितरण गरिएको थियो । यस राम प्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्यशिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।

Share this news: