सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

लम्साल र अधिकारीको नेतृत्वमा नुवाकोटकै सुबिधा सम्पन्न नमुना बिद्यालय निर्माण

शिक्षा

2

लम्साल र अधिकारीको नेतृत्वमा नुवाकोटकै सुबिधा सम्पन्न नमुना बिद्यालय निर्माण

सुनाखरी न्युज/नुवाकोट – नुवाकोट तारकेश्वर गाँउपालिका वडा १ मा पुरानो दाङसिङ स्थीत दाङसिङ बिद्यालय भवनको स्वीस प्रबिधीबाट निर्माण गरि हस्तान्तरण गरिएको छ । बरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल र गन्तव्य नेपालका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी ‘अबिरल’को नेतृत्वमा निर्माण भएको उक्त ५ कोठे पक्की बिद्यालय भवन निर्माण सकिएसँगै मंगलबार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले उद्घाटन गरेका हुन । यसका साथै बिद्यालयलाई आधुनिक प्रबिधीबाट सुसज्जीत गर्न तातोचिसो पानीको सुबिधासहित सावर सिस्टम जडान गरिएको छ, जसमा ३ बाथरुम समेत छन । बिद्यालय निर्माण प्रक्रिया सकिएसँगै उद्घाटन तथा बिद्यालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै डा। रामशरण महतले दाङसिङ बिद्यालय भवन नुवाकोट जिल्लामै नमुनाका रुपमा निर्माण भएकाले शिव अधिकारी ‘अबिरल’ र मोहन लम्सालले गरेका बिकास निर्माणका कामबाट पाठ सिक्नुपर्ने बताए । उनले दाङसिङ जोड्ने बाटामा आफुले बजेट र नेतृत्व प्रदान गरेको र बिकासमा क्रियाशिल रहेको बताए ।

 

 

महतले अधिकारी र लम्सालले बिद्यालय र हेल्थपोष्ट निर्माण, महिला सशक्तिकरण, बिद्यालय क्लब लगायत गरिब जेहन्दारलाई अधिकारी र लम्सालले सहयोग गरेको भन्दै राज्यको काम व्यक्तिले गरेकाले उनीहरुबाट पाठ सिक्नुपर्ने बताए । नेपाली कांग्रेसका युवा नेता तथा महासमिती सदस्य रमेश महतले एकल व्यक्तिको प्रयासमा तारकेश्वरमा एकपछि अर्को गर्दै चमत्कारी कामहरु अधिकारी र लम्सालले गरेकाले यसको खुलेर प्रशंसा गर्दै उहाँहरुलाई हौसला प्रदान गर्न आम तारकेश्वर बासी लाग्नुपर्ने बताए ।बरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले तारकेश्वर भित्र धेरै बिद्यालय र स्वास्थ्य केन्द्र बनाउने अभियानमा आफु लागिरहेको र सबैले आफुलाई हौसला दिएकाले शिक्षाको ज्योतिबिना देशको बिकास नहुने भएकाले सदैब क्रियाशिल हुने बताए ।गन्तव्य नेपालका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी ‘अबिरल’ ले समन्नुत तारकेश्वरको आफ्नो योजना रहेकाले बिकास निर्माणको काममा आफु लागीपरेको बताए । बिद्यालय निर्माण, महिलाहरुको सशक्तिकरणका लागि सहयोग, बाटाघाटो निर्माण, हेल्थपोष्ट निर्माण, क्लबहरुलाई आर्थिक सहयोग, संस्कृतिको जर्गेना लगायतको कामलाई आफुले हरतरहले सहयोग गरेको भन्दै अधिकारीले बिकास निर्माणमा राजनीतिक रंग जोड्न नहुने र आफ्नो अहिलेको मुख्य एजेण्डा समुन्नत तारकेश्वरको सपना रहेको बताए ।

 

गाँउपालिका अध्यक्ष रमेश वस्तीले अधिकारी र लम्सालको कार्य प्रशंसनिय रहेको र बिबिध बाधा अवरोधका बिच उहाँहरुको सक्रियता मजबुत देखीएको भन्दै अभियानमा सहयोग रहने बताए । नेपाली कांग्रेसका संयोजक होमबहादुर तामाङले अधिकारी र लम्सालको कार्य सराहनिय भएको भन्दै तारकेश्वर गाँउपालिकाको बिकासमा उहाँहरुको योगदानको खुलेर प्रशंसा गरे । दाङसिङका वडा अध्यक्ष दयानिधी अधिकारीले आफ्नो वडामा अधिकारीले छलाङ मारेर बिद्यालय निर्माण गरिदिएको भन्दै बिना पूर्वाग्रह अधिकारी तारकेश्वरको लागि काम बहादुरको नायक भएको बताए । कार्यक्रममा अधिकारी र लम्साललाई बिद्यालय र दाङसिङ बासीले नागरिक अभिनन्दन गरेका थिए । यसका साथै समाजसेवी कोमल अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

Share this news: