सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

भारतमा चुनावः मोदीको अग्निपरीक्षा शुरु

विश्व

India Election

भारतमा चुनावः मोदीको अग्निपरीक्षा शुरु

सुनाखरी न्युज/
काठमाडौं-
छिमेकी मुलुक भारतमा बिहीबार केन्द्रीय संसद् (लोकसभा) को निर्वाचन सुरु भएको छ । भारतको निर्वाचन आयोगले १७ औं लोकसभा निर्वाचनका लागि सात चरणको तालिका बनाएको छ । ११ अप्रिलदेखि सुरु पहिलो चरणको निर्वाचन १९ मेमा सकिनेछ । मतगणना भने त्यसको चार दिनपछि २३ मेमा हुनेछ । यसपटकको चुनावमा करिब ९० करोडले मतदान गर्नेछन ।
करिब डेढ महिनासम्म चल्ने चुनावले आगामी पाँच वर्षका लागि दिल्लीको शासन सत्तामा कसलाई पुर्‍याउने भन्नेसमेत तय गर्नेछ । चुनावलाई राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० नेतृत्वको नरेन्द्र मोदी सरकारले विगत पाँच वर्षमा गरेका कामको भारतीय मतदाताले लिने परीक्षाका रूपमा हेरिएको छ ।

Share this news: