सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

आइएमई जनरल इन्स्योरेन्सको नेपालमा पहिलो पटक आइजीआई विद्यार्थी बीमालेख जारी

बीमा

IME General Insurance

आइएमई जनरल इन्स्योरेन्सको नेपालमा पहिलो पटक आइजीआई विद्यार्थी बीमालेख जारी

सुनाखरी न्युज/ काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कक्षा १ देखि कक्ष १२ सम्म अध्यन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी IGI Student Policy आइजीआई विद्यार्थी बीमालेख शुरु गरेको छ । उक्त बीमालेखको सुभाारम्भ कम्पनीका संचलक श्री प्रताप जंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गर्नुभयो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटृदै निर्जीबीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कक्ष १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुकोलाई बीमा सुरक्षा प्रदान गर्ने हेतुले IGI student Policy को शुभारम्भ गरेको छ । यस बीमालेखले सम्बन्धित विद्यार्थीको त सुरक्षा प्रदान गर्छनै साथ साथै निजको माता पिता को पनि सुरक्षा प्रदान गर्नेछ । विद्यार्थीको २४ सैं घण्टा सुरक्षा प्रदान हुनेछ भने कथंकदाचित कुनै दुर्घटनाबाट पर्नजाने आर्थिक भारबाट सम्बन्धित अभिभावक र विद्यालयलाई मुक्त गर्ने स्वच्छ उद्देश्यका साथ यो बीमालेखको शुरु गरिएको छ ।

 

हामीले पछिल्लो समय शिक्षा, स्वास्थ तथा कृषि क्षेत्रमा हाम्रो ध्यान केन्द्रीत गर्दै विभिन्न बीमा सेवाहरु प्रदान गर्दै आईरहेका छौं । कृषिको लागि हाल थुप्रै सेवाहरु हामीसंग छन् । हामीले कृषिमा पनि मौरी पालन को बीमा गर्ने प्रथम कम्पनीको रुपमा कार्य गरिरहेका छौं भने शिक्षको लागि यो बीमालेखले राम्रो सेवा प्रदान गर्ने र बजार हिस्सा ओगट्ने लक्ष्य लिईएको छ । त्यसै गरी स्वास्थ्यको लागि Cashless Hospitalization हामीले गत बर्ष देखिनै शुरु गरिसकेका छौं । आगामी दिनमा पनि ग्राहकहरुको माग वमोजिम नयां नयां सेवाहरु पस्कने प्रण गर्दछौं ।

 

हाल नेपालमा विद्यालय स्तरमा ७३ लाख विद्यार्थीहरु अध्ययनरत । हरेक दिन कुनै न कुनै घटना तथा दुर्घटनामा विद्यार्थी परिरहेको खवर हामी सुन्छौं । जसबाट सम्बन्धित अभिभावहरु तथा विद्यालयले ठुलो आर्थिक व्ययभार बोक्नु परेकोमा अब यो बीमालेख पश्चात अभिभावक तथा विद्यालयलाई आर्थिक बोझ नहुने अपेक्षा हाम्रो छ । त्यसैगरी विद्यालयलाई पनि यसबाट ठूलो टेवा पुग्नेछ ।

 

आइजीआई विद्यार्थी बीमालेखले रक्षावरण गरिएका जोखिमहरु :

विमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा रु १००,००० एक लाख तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर रु ५००,००० पांच लाख बराबरको बीमांक रकम कायम गरिएकोछ ।

  • स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको ३०० प्रतिशत ९३ लाख तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत ५ लाख सम्मको जोखिम बहन गरिनेछ ।
  • अंगभंग भएमा विमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत १ लाख सम्म तथा आमा वा बाबुको हकमा बीमांक रकमको ५० प्रतिशत ९२ लाख ५० हजार सम्म जोखिम बहन गरिनेछ ।
  • अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम रु१०,००००० अक्षरेपि दश हजार मा नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ ।
  • औषधोपचार खर्चः
  • दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ प्रतिशत रु२५ हजार सम्मको औषधोपचार सुविधा कायम गरिएकोछ ।
  • विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमांक रकम रु ५०,००० अक्षरेपि पचास हजार० कायम गरिएको छ । यसमा अस्पतालको शैया -Room/ Bed Charge शुल्क प्रतिदिन अधिकतम रु २,००० अक्षरेपि दुई हजार सम्म हुनेछ ।
Share this news: