सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

नेपाली नयाँ बर्षमा अष्ट्रेलियामा कार्यक्रम नै कार्यक्रम

प्रवास

Capture

नेपाली नयाँ बर्षमा अष्ट्रेलियामा कार्यक्रम नै कार्यक्रम

सुदीप त्रिपाठी प्रतीक/ विस्रवेन – नेपाली नयाँ बर्ष २०७६ को अवसरमा अष्ट्रेलियामा नेपाली समुदाय बीचमा कार्यक्रम नै कार्यक्रम हुने भएका छन् । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य स्थितका विभिन्न शहरहरुमा नेपालीहरु माझ शुभकामना आदान प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रमका आयोजना गरिएका छन् । यही आँउदो अप्रील १२ गते शुक्रबार नेपलीज एसोसिएसन अफ क्वीन्सल्याण्ड ले नयाँ बर्ष साँझ कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा स साना नेपाली वाल वालिकाहरुबाट नेपाली राष्ट्रिय गान वाचन हुने नेपलीज एसोसिएसन अफ क्वीन्सल्याण्डका सचिव ज्ञानेन्द्र तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाले कार्यक्रममा डान्सर राहुलको डान्स पर्मेमेन्स र गायक ओल्मोडा राना उप्प्रेतिको गायन प्रस्तुति रहने समेत बताए ।

 

त्यस्तै अप्रील १३ तारिख शनिवारका दिन नेपाली पाठशाला नेपलीज ल्याड्डवेज एण्ड कल्चरल सेन्टर क्वीन्सल्याण्डको आयोजनामा सुटन्स विच र्पाक रेडक्वील्फमा पिकनिक तथा खेलकुदका कार्यक्रम हुने भएका छन् । विशेष गरीकन स साना बाल वच्चाहरु लाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको नेपाली पाठशालाका डाइरेक्टर नारायण प्रसाद पन्थीले जानकारी दिए ।पाली नयाँ बर्षकै दिन विस्रवेनको स्पीड्डफिल्डमा बार वि क्यू कार्यक्रमको आयोजना गरिने भएको छ। एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत गरिने जानकारीमा आएको छ। यही आँउदो अप्रिल १४ तारिखका दिन एमपायर इन्टरनेशनल एजुकेशन एण्ड भिजा शर्भिेसेस ले डान्स पार्टीको आयोजना गरेको छ नेपाली गीत संगीतका विभिन्न नृत्य सगै डिजे रुजल र डिजे गोर्खाको प्रस्तुती रहने कार्यक्रम कोर्डिनेटर प्रकाश सुवेदीले जानकारी दिए । त्यस्तै अप्रील २१ गते आइतबार कास्की समाज अष्ट्रेलियामाले पहिलोपटक नवबर्ष शुभकामना साँझ गर्ने भएको छ। नव बर्षको शुभकामना सँगै बरिष्ठ लोकदोहोरी गायक बद्री पंगेनी, चर्चित गायक कर्ण दास, नायिका बेनिशा हमाल र गायक मार्कश दासको साँगितिक तथा साँस्कृतिक प्रस्तुती रहने आयोजक संस्थाका अध्यक्ष टीकाराम भुर्तेलले जानकारी दिए ।

 

त्यस्तै अप्रील २३ तारिखका दिन विद्यार्थी तथा युवा पुस्ताहरुलाई लक्षित गर्दै विस्रवेनको टिभोलीमा नयाँ वर्ष सांगितिक तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ। गायक स्वप्न सुमन, गायिका त्रिशला गुरुड्ड, गायक शुसान्त के।सी , गायक तथा संगीत एरेन्जर रोहित शाक्यका विभिन्न साँगितिक प्रस्तुतीहरु रहने नेप्ज विस्रवेनका अरुन तिवारीले जानकारी दिए । नवबर्ष लाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गरिए सँगै कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न भने आयोजकलाई चुनौतीको विषय बन्न सक्दछ । कार्यक्रमको व्यवस्थापन सँगै सफलताको लागि एक शसक्त र जुजारु टिमको अति नै आवश्यकता पर्दछ। कलेज, युनिभसिर्टी , असाइनमेन्ट पढाई, लेखाई तथा जागिरको दौडधुपका कारण अष्ट्रेलियामाको समय व्यवस्थापन गर्न भने गाह्रो हुने गर्दछ।

Share this news: