सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

औषधि सेवन गर्दा यस्ता कुरामा ध्यान दिऔँ !

स्वास्थ्य

medicines

औषधि सेवन गर्दा यस्ता कुरामा ध्यान दिऔँ !

 

सुनाखरी न्युज \

काठमाडौं–

औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि औषधि सेवनमा ंहामीहरुले गल्ती गरिराखेको हुन्छौ ।
कहिले काही औषधिको साइडइफेक्ट पनि हुन सक्छ । हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिको बारेमा जस्तै विज्ञ र अनुभवी व्यक्तिले पनि चासो दिएको पाइँदैन । औषधि खाएको एक महिना पछि मात्रै त्यो औषधिको सेवन गर्ने मिति सकिएको रैछ भन्ने थाहा पाउँछौ अर्थात किन्ने बेलामा औषधि सेवनको मिति कहिले सम्म हो भन्ने विषयमा खासै ध्यान जाने गरेको छैन । जुन कुराले बिरामीलाई प्रत्यक्ष असर गर्छ ।

 

चिकित्सकले कति वटा औषधि लेखिदिए र फार्मेसीले कतिवटा औषधि दिए भन्ने कुराको बारेमा पनि जान्न जरुरी हुन्छ । कहिले काहि ५ वटा औषधि लेखिएको ठाँउमा ४ वटा मात्रै दिएको पनि हुनसक्छ । त्यो छुटेको एउटा औषधि अरु औषधि भन्दा महत्वपूर्ण हुन सक्छ ।

औषधिको एकातिरको भागमा औषधिको नाम र कम्पनी अनि डोज लेखेको हुन्छ भने अर्को भागमा औषधि सेवनको मिति लेखिएको हुन्छ ।

कुनै व्यक्तिले चिकित्सकको सल्लाह बिना औषधिको डोज घटाउने बढाउने अथवा छोड्ने गर्ने गरेको पनि भेटिन्छ तर चिकित्सकको सल्लाह बिना यस्तो गर्नु गलत हो ।

कुनै कारण बिनानै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानु पर्नेहुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नु हुँदैन ।

एउटा औषधि पनि आधा मात्रै भाँचेर खाइरहनु भएको छ भने त्यस्तो औषधि एक दुई दिन पछि खाँदा खासै काम गर्दैन ।

झोल औषधिमा पनि सिल खोले पछि एक हप्ता ,१५ दिन या एक महिना मात्रै प्रयोग गर्न सकिन्छ त्यसपछि भने निरन्तर प्रयोग गर्न मिल्दैन ।

औषधि सेवन गर्दा कुनै अन्य सामान्य समस्याहरु पनि देखिन सक्छन् । जस्तो पे्रसरको औषधि खाँदा खुट्टा सुन्निन सक्छ, खुट्टा सुन्निनु भनेको साधारण समस्या हो यस्तो समस्या देख्ने बितिकै औषधि छोड्नु पर्छ भन्ने छैन । तर बिरामीले औषधि बन्द गर्दा फेरि प्रेसर हाई हुन्छ । औषधि खाँदा समस्या भएको खण्डमा चिकित्सकलाई तुरुन्त जानकारी गर्न आवश्यक हुन्छ ।

Share this news: