सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

१८ लाख भन्दा बढिको आलुको कारोबार

कृषि

Capture

१८ लाख भन्दा बढिको आलुको कारोबार

गोबिन्द तिमिल्सिना/ हेमजा –  सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ सञ्चालन भएको दशौैं राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । यहि चैत २२ देखि सुरु भएको महोत्सव बैशाख १ गते सम्म विष्णुपादुका खेल मैदानमा चल्ने छ ।शनिबारसम्म कुल १८ लाख पचास हजारको आलुको कारोवर भएको झाँकी ¥याली व्यवस्थापन समितिका सदस्य जयराम तिमिल्सीनाले बताएका छन् । आइतबार महोत्सवको गण्डकी प्रदेश सांसद बिन्दु कुमारी थापाको प्रमुख आतिथ्यतामा महोत्सव समापन गर्ने आयोजकले जनाएको छ ।

 

आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकहरुले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन् ।महोत्सवमा टर्कीको बिक्रीवितरण तथा प्रदर्शनी, कृषि औजार, तरकारी, लप्सी, दुध, रेशम खेती, तरकारी तथा पुष्प नर्सरी लगायतका कृषि स्टलहरु रहेका छन् ।महोत्सवमा शनिबारबार लोकदोहोरीतर्फ नविन पौडेल, सुनिता नेपाली, कुमार पुन, मधु चापागाई, पूर्ण परियार, रमेश वि।जी, जिवन दहाल, माया गुरुङ्ग, तारापति सुवेदी र परशुराम अधिकारीर्, तथा हास्यतर्फ सुरज भिरखोईरेको प्रस्तुति रहेको थियो । त्यस्तै राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितालाई पनि निरन्तरता दिइएको थियो । महोत्सवमा आइतबार लोकदोहोरीतर्फ ऋषि अधिकारी , माया के।सी, शंकर पन्त, रितु परियार, राजेन्द्र पोख्रेल, शान्ती डोटेल, विनोद रामदाम, माया गुरुङ्ग, जिवन दहाल, तारापति सुवेदी र परशुराम अधिकारी प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

समग्र यस क्षेत्रको कृषि, पर्यटन, व्यवसाय, संस्कृति, साहित्य, खेलकुद लगाएतको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेको छ।

Share this news: