सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

जितेन श्रेष्ठको नेतृत्वमा तारकेश्वर सामाजिक तथा खेलकुद मञ्च गठन

खेलकुद

Zetten

जितेन श्रेष्ठको नेतृत्वमा तारकेश्वर सामाजिक तथा खेलकुद मञ्च गठन

सुनाखरी न्युज/ काठमाडौं – युवा सहभागी गराउदै समाजमा रहेको कुरिती ,बिसङती र बिकृतीलाई चिर्दै शान्ति कायम गर्दै समाजिक कार्यमा अग्रसरका साथै खेलकुदका गतिविधि गर्दै दक्ष जनशक्ति तयार गर्ने उदेश्यले स्थापित मञ्चको बिधिवत रुपमा तारकेश्वर नगरपालिका वडा न १० का अध्यक्ष अमृत थापा बाट उद्घाट्न सु सम्पन्न भयो । यस मञ्चको उदेश्य भनेको खेलकुदको विकास र विस्तार गर्नु नै रहेको कुरा नवनियुक्त अध्यक्षय श्रेष्ठले बताउनु भयो । यो कुनै एउटा भातृ संगठन होईन यो विशुद सामाजिक मञ्च हो जस्ले तारकेश्वर नगरपालिका भित्र रहेका सबै सँग सहकार्य गरी खेलकुद गतिविधि तथा सामाजिक कार्यमा तल्लिन हुने कुरा सो भेलामा जानकारी गराईयो ।

 

 

जितेन श्रेष्ठको नेतृत्वमा तारकेश्वर सामाजिक तथा खेलकुद मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा नविना महर्जन, सचिवमा निश्चल सापकोटा, सहसचिवमा अनुषा श्रेष्ठ र कोषाध्यक्षमा मिलम श्रेष्ठ रहेका छन् ।यस्तै सदस्यहरुमा नरेन्द्र थापा मगर रहेका छन् । त्यस्तै विशिष्ठा सल्हाकारमा अमृत थापा रहेका छन । मञ्च गठन गर्न भएको भेलामा तारकेश्वर नगरपालिका वडा न १० का अध्यक्ष सहित अन्य व्यक्ती हरु को पनि सहभागिता रहेको थियो यस मञ्चले खेल क्षेत्रको विकासका लागि जोड दिएको छ।

Share this news: