सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

नयाँ वर्ष २०७६ को अवसरमा चेम्बरको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन

मुख्य समाचार

Capture

नयाँ वर्ष २०७६ को अवसरमा चेम्बरको शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन

सुनाखरी न्युज/ काठमाडौं – चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेश काजी श्रेष्ठले महिलालाई आर्थिक शसक्तिकरणका लागि चेम्बर अफ कमर्शले सहजीकरणको कार्य गर्ने दाबी गर्नुभएको छ । नेपाल महिला चेम्बरले काठमाडौंमा गरेको नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा उहाँले महिलाद्धारा उत्पादित सामानको व्यापारको लागि भारत र चीनले सहयोग गर्ने भएकाले अन्तराष्ट्रिय क्षेत्रमा नेपाली महिलाद्धारा उत्पादित सामाग्रीको स्थान हुने जानकारी दिनुभयो । नेपालको जुनसुकै स्थानमा महिलाद्धारा उत्पादित सामाग्रीको बजार प्रबद्र्धनमा नेपाल महिला चेम्बरले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

 

नेपाल महिला चेम्बरले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै क्यालेण्डर समेत विमोचन गरेर वितरण कार्य शुरु गरिएको छ । कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीको पक्षपोषकका रुपमा नेपाल महिला चेम्बर अफ कमर्शले कार्य गदै आएको छ । यसलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा क्यान्सर र मुटु रोगजाँचको स्वास्थ्य शिविर समेत गरिएको थियो । जसमा चेम्बर अफ कमर्शका पदाधिकारी, कर्मचारी र सर्वसाधारणका लागि खुला गरिएको थियो । यसैगरी कार्यक्रममा नेपाल उत्पादकत्व तथा आर्थिक विकास केन्द्रका महाप्रबन्धक अञ्जना ताम्राकारलाई महिला उद्योगशिलताको विकासका लागि योगदान गरेको माफत सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो । कार्यक्रमको संयोजक राज्यलक्ष्मी सिंहले कार्यक्रममा उपस्थितलाई स्वागत गर्नुभएको थियो ।

Share this news: