सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

ट्रेन्डिङ

lukla

तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुनाखरी न्युज/ सोमुखुम्बु – पासाङल्यामु गाउँपालिका २ स्थित तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा समिट एयरको 9N AMH कल साइनको विमान रनवेबाट टेकअफ गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरिरहेको मनाङ एयरको 9N ALC कल साइनको हेलिकप्टरसँग ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा समिट एयरका को पाइट सुदिप ढुङगाना र पर्यटक प्रहरी लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थालमै र गम्भीर घाइते भएका बिमानस्थल सुरक्षा गार्ड लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारको क्रममा ग्राण्डी अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।

 

दुर्घटनामा घाइते भएका समिट एयरका पाइलट ४९ वर्षीय रबिनाथ रोकाय, मनाङ एयरको हेलिकप्टरका क्याप्टेन चेतबहादुर गुरुङ र मनाङ एयरका स्टाफ लाक्पा शेर्पाको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक उद्दार कार्य एवम् थप अनुसन्धान गरिरहेको छ ।

Share this news: