सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस् भन्दै सत्तारुढ दलका श्रमिकले दिए सरकार लाई चेतावनी

ट्रेन्डिङ

Capture

सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने स्थिति नआओस् भन्दै सत्तारुढ दलका श्रमिकले दिए सरकार लाई चेतावनी

सुनाखरी न्यज/ मकवानपुर – सत्तारुढ नेकपा समर्थित नेकपा अन्तर्गतको नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट का महासचिव जनक चौधरीले सरकार विरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन यूनिट्राभको ३६ औं स्थापना दिवसको अवसरमा मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले भने, ‘अहिले बनेका कानूनहरुले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ । अब यसलाई व्यवहारमा लागू गर्ने बेला भएको छ । तर यसबीचमा कानूनको परिपालना नगर्ने चलखेल हुन थालेको हामीलाई आभास भएको छ । हाम्रा श्रम सम्बन्ध सुधार भएन भने सरकार र सरोकारपक्षको विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था फेरी नआउला भन्न सकिन्न ।

 

उनले पर्यटन श्रमिकका पक्षमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गराउने पक्षमा लाग्न यूनिट्राभ नेतृत्वलाई निर्देशन पनि दिए । उनले भने, ‘अब श्रम ऐन लागू गराउने पक्षमा लागौं, पर्यटन क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गराउने स्किम र बिधि तयार गर्न यूनिट्राभ लागोस् । कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विधिसम्मत नचल्ने कोही पनि पर्यटन व्यवसायी र सरोकार पक्षलाई नछाड्ने भन्दै पर्यटन क्षेत्रको सुधारको पक्षमा लाग्न श्रमिकहरुलाई निर्देशन दिए । पेशालाई मर्यादित, सुरक्षित र स्वास्थ बनाउन आफ्ना कुरालाई सम्बन्धित क्षेत्रमा राख्न सक्नुपर्ने भन्दै नेतृत्व विकासमा उनले जोड दिए । कार्यक्रममा सहभागी श्रमिकहरुले कार्यभलोमा अझैपनि लोकतन्त्र आइनसकेको भन्दै अझै संघर्ष गर्नुपर्ने खाँचो औंल्याएका थिए ।

Share this news: