सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

एलआईसी लाइफ इन्स्योरेन्स नेपालले गर्यो धनवृष्टि जीवन बीमा योजना सार्वजनिक

बीमा

dhani brasti

एलआईसी लाइफ इन्स्योरेन्स नेपालले गर्यो धनवृष्टि जीवन बीमा योजना सार्वजनिक

सुनाखरी न्यज/ काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ले ‘धनवृष्टी’नामक जीवन बीमा योजना सार्वजानिक गरेको छ । इन्स्योरेन्सले जीवन बीमाको साथमा धनवृष्टी ३/३ बर्षमा भन्ने योजनाको सुरुवात गरेको हो । नयाँ वर्षको आगमनमा ल्याइएको यस बीमा योजनालार्ई बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सार्वजनिक गरे ।‘धन वृष्टी’बीमा योजनामा १३ वर्ष देखी ६० वर्ष सम्मका बिमितले सहभागी हुन सक्ने छन् । न्यूनतम बीमाङ रकम १ लाख कायम गरिएको छ । यस्तै, अधिकतम बीमाङ बीमा अन्डरराइटीङ नियमानुसार चाहेजति लिन सकिन्छ । बीमा योजनाको अवधि भने १० वा १५ वर्षको हुनेछ । बीमा परिपक्कतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जन गरिएको रकम समेत एक साथ प्रदान गरिने छ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ बर्षमा बीमाङकको ३३ प्रतिशत रकम फिर्ता हुन्छ । १५ वर्षे अवधिमा हरेक ३ बर्षमा बीमाङकको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

 

बीमा अवधिमा नै बिमीतको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम नकाटी पूरै बीमाङ् रकमको साथ आर्जीत रकम इच्छाएको व्यक्तीलाई प्रदान गरिन्छ । यस योजनामा ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभ समेत उपलब्ध छन् । २ बर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्ने छन् । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एलपि दास भन्छन्९‘यस बीमा सेवाले विभिन्न क्षेत्रका तथा पेशामा आवद्ध रहेका बिमीतलाई सेवा प्रदान गर्नेछ ।’ दासले आफू सानो हुँदाका परिवेश र अहिलेका पुस्ताले भोगेका भिन्नतामा समेत प्रकाश पारेका थिए । उनले दैनिक जोखिम बढ्दो रुपमा रहेका बीमाको अपरिहार्यतामा प्रकाश पारेका थिए ।

Share this news: