सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

सरकारी डाक्टरको आन्दोलन दुई साताका लागी स्थगित

स्वास्थ्य

dr

सरकारी डाक्टरको आन्दोलन दुई साताका लागी स्थगित

सुनाखरी न्यज/ काठमाडौं – सरकारी चिकित्सकहरुले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेका छन् । समायोजनप्रति असन्तुष्टि जनाउँदै सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकहरुले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेका हुन् । पेशागत धर्म र बिरामीलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै तत्कालका लागि आन्दोलनको स्वरुपमा परिवर्तन गरिएको सरकारी चिकित्सक संघ गोदानले जनाएको छ ।

 

दुई हप्ताभित्र पनि माग सम्बोधन नभएमा कडा आन्दोलनमा उत्रने संघले जनाएको छ ।

Share this news: