सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

मध्यपुरथिमिका स्थानीयवासीले सोमबार बिहानैदेखि मनाए सिन्दुर खेलेर सुथ : सिया जात्रा

धर्म - संस्कृति

sindurjatra

मध्यपुरथिमिका स्थानीयवासीले सोमबार बिहानैदेखि मनाए सिन्दुर खेलेर सुथ : सिया जात्रा

सुनाखरी न्यज/ काठमाडौं – बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले सोमबार बिहानैदेखि सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

 

यो जात्रा आज बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो ।

Share this news: