सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

खेलकुद

Capture

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

सुनाखरी न्यज/ काठमाडौं – आइएमई जेटीआई ग्राण्ड जुनियर एकलओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करणशुरु भएकोछ।आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्ष देखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका अन्य स्थान बाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुनेछन् । कूल ३२६,००० अक्षेरुपी तीन लाख छब्बिस हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्षगोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई र टेनि ससंघका पुर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा गर्नुभयो ।

 

८ वर्ष देखि १४ वर्ष सम्मका वालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबार सम्म दशरथ रङ्गशालामा संचालनहुनेछ। आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो ।आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

Share this news: