सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

एनएमबि सबैको–सहारा बचत खाता सञ्चालनमा

मुख्य समाचार

Photograph

एनएमबि सबैको–सहारा बचत खाता सञ्चालनमा

सुनाखरी न्युज/
काठमाडौं-

खोलौ बैंक खाता अभियान २०७६ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकह? मध्ये एक एनएमबि बैंकले आफ्नो “एक घर एक खाता” अभियानलाई अझ परिस्कृत गर्दै “सबैका लागि बचत, सधैंकालागि साहरा” भन्ने नारासहित “एनएमबि सबैको सहारा बचत खाता” संचालनमा ल्याएको छ ।

यस बैंकमा खोलिने प्रत्येक “सबैको सहारा बचत खाता” मा बैंकको तर्फबाट ? १०० जम्मा गरिनेछ । यस खातामा प्रत्येक ग्राहकह?को अग्रिम बीमा सुरक्षण गरिनेछ जस अन्तर्गत खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी ?पमा अंगभंग भएमा, वा क्यान्सर, किड्नी निस्कृयता, लिभरको रोग, मस्तिस्कघात, हृदयाघात, प्यारालाइसिस आदि जस्ता १८ गम्भिर रोगह? मध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाल या नीजको नजिकको हकवालालाई ? १० लाख सम्मको बीमा रकम उपलब्ध गराइनेछ ।

यसका अतिरिक्त उक्त खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क ईन्टरनेट बैंकिङ्ग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिने जस्ता सुविधाह? रहेका छन् ।

सन २०१७ र २०१८ मा लगातार “बैंक अफ दि इयर” अवार्डबाट सम्मानित एनएमबि बैंक ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको नेपालमा एकमात्रै सदस्य बैंक हो । विगत २४ वर्षदेखि नेपाली वित्त क्षेत्रमा उल्लेखनिय योगदान पु¥याइरहेको एनएमबि बैंक आफ्ना ग्राहकह?लाई हाल ११० शाखा सञ्जाल, ४ एक्स्टेन्सन काउन्टर, ९९ एटिएम तथा अन्य वैकल्पिक बैकिङ्ग सुविधाह?का माध्यमबाट विभिन्न बैंकिङ्ग सेवाह? प्रदान गर्दै आएको छ । यस बैंकमा विदेशी संयुक्त लगानी साझेदार एफएमओ ९ँःइ०, नेदरल्याण्डस् र योङ लियान, मलेसिया रहेका छन् । एफएमओ– नेदरल्याण्ड्स सरकारको अन्तर्राष्ट्रिय स्तरमा ब्ब्ब् मूल्यांङ्कन भएका बैंकह? मध्ये एक हो ।

Share this news: