सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

प्रेमीसँग डेट देखि मृत्युसम्म

विचित्र–संसार

hgeeee

प्रेमीसँग डेट देखि मृत्युसम्म

सुनाखरी न्युज/
काठमाडौं-
मोरङको पथरीमा मृत्यु भएकी रिना बस्नेतको ‘हत्या’ अथवा ‘मृत्यु’ भन्ने विषयको अनुसन्धानको पाटो नखुल्दै विभिन्न मिडियामा रिनाका छोराको बयान आयो– नेपालले उनलाई मोबाइल किन्दिन्थे, रिनालाई विभिन्न ठाउँ घुमाउँथे ।

 

रिना मृत्युप्रकरणले आन्दोलनसम्म पनि पुग्यो । तर, त्यो भन्दा गहन पाटोचाहिँ सामाजिक समस्याको परिबन्धभित्र उनी पनि परेकी रहिछन् ।

रिना बस्नेतको हत्या अथवा मृत्यु भन्ने आन्दोलनको पाटो एकातिर छ । तर उनका छोराले दिएको बयानअनुसार प्रेमी थिए जसलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा तानेको छ ।

यस्तो समस्या रिनाको मात्र होइन । अनेक ‘रिना’हरूको बाध्यता र मृत्युसम्मको जिम्मेवार सरकार नै रहेको अथ्र्याउन थालिएको छ । रिनाका पति संयुक्त अरब इमिरेट्समा रोजगारीका शीलशीलालामा पुगेका थिए ।

रिना र नेपालको सम्बन्ध त्यहि भौतिक ग्यापमा बलियो बनेको पनि प्रष्टीसकेको छ । ‘शारिरीक सम्बन्ध वा प्रत्यक्ष भावनात्मक सम्बन्धका रिनाका जस्ता धेरैका कथा छन् । जसलाई सम्बोधन गर्नका लागि मुलुकमा व्याप्त बेरोजगारी समस्याकै अन्त्य हुनुपर्छ’, मनोविद्हरू भन्छन्,‘जसले सामाजिक समस्याको न्युनिकरण गर्नेछ भने रिनाहरूले अकालमा ज्यान गुमाउन पर्दैन ।’

छोराको बयान र रिनाको फोन डिटेल्सपछि‘

रिनाका १४ बर्षिय छोरा साइमनले भनेका छन्,‘राती बाबासँग कुरा भएको थियो । उहाँले सुत्न भन्नुभयो । हामी सुतेका थियौं ।’ तर त्यसपछि रिना कसरी मृत फेला परिन् भन्ने विषय नै नखुलेका कारण पथरीमा तिव्र आन्दोलन भयो ।

प्रहरीले अनुसन्धानको दायरा अलिक फराकिलो बनाउने चेष्टामा रिना र कमलको सम्बन्धका विषयमा खोजीनीति गरेको थियो । छोराले नै उक्त सम्बन्धबारे खुलाएपछि नेपालसँग सोधपुछ जारी छ ।

घटना

पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर थिइन् रीना ।

शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार बिहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।

कल डिटेल्स्मा कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुसका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए ।

प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरूले सडक जाम नै गरेका थिए ।

पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरेको थियो ।

Share this news: