सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

प्रदेश ३ सरकार र एनआरएनबीच कृषि उत्पादन प्रवद्र्धन गर्न सम्झौता

कृषि

ag

प्रदेश ३ सरकार र एनआरएनबीच कृषि उत्पादन प्रवद्र्धन गर्न सम्झौता

सुनाखरी न्युज/
हेटौंडा-
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रदेश ३ भर उत्पादन भएका कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन  सहयोग गर्ने भएको छ। कृषि उत्पादन विदेशबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाली गुणस्तरीय उत्पादन विश्वमा पुर्‍याउने उद्देश्यका साथ कामअघि बढेको हो। आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्नको लागि ३ नम्बर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्रक्रिया अघि बढेको छ। संघअन्तर्गतको कृषि प्रवद्र्धन समितिले मुना कृषि बजारको बृहत अवधारणा तयार गरी प्रदेश सरकारसँग सम्झौता गरेको हो।

एनआरएनएको तर्फबाट कृषि समिति संयोजक युवराज गुरुङ र प्रदेश मन्त्रालयका सचिव डा। योगेन्द्रकुमार कार्कीबीच बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। १५ बुँदामा समेटिएको समझदारीपत्रमा मन्त्रालय, एनआरएनए र निजी क्षेत्रको संलग्नतामा ७ सदस्यीय कार्यदल निर्माण गरी कार्यक्षेत्रगत सर्तहरू निर्माण गर्ने उल्लेख छ। सामाजिक उत्तरदायित्वसहितको नाफामूलक व्यवसाय ‘मुना आधुनिक कषि बजारलाई प्रदेश(३ सरकारले परियोजना छनौट गरी नीति तथा कार्यक्रममा समेट्ने पनि समझदारी पत्रमा उल्लेख छ।

Share this news: