सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

यो वर्ष पनि किसानले मागबमोजिम मल नपाउने, सरकारी उदासिनता प्रमूखा कारण

कृषि

Urea

यो वर्ष पनि किसानले मागबमोजिम मल नपाउने, सरकारी उदासिनता प्रमूखा कारण

 

सुनाखरी न्युज/
काठमाडौं– यो वर्ष पनि विगतमा जस्तै रासायनिक मलको अभाव हुने देखिएको छ । सरकारी स्तरवाट पर्याप्त गृहकार्य हुन नसक्दा यस्तो अवस्था आउने देखिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष ५० हजार मेट्रिक टन मल अपुग हुने देखिएको हो । मन्त्रालयका अनुसार ३० हजार ८ सय ९१ मेट्रिक टन युरिया र १९ हजार ७ सय २२ मेट्रिक टन डीएपी मल गरी कुल ५० हजार ६ सय १३ मेट्रिक टन मल अभाव हुने देखिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा वार्षिक करीब ७ लाख मेट्रिक टन मल आवश्यक पर्छ । त्यसमध्ये साढे तीन लाख मेट्रिक टन विदेशबाट आयात गर्नुपर्ने र बाँकी नेपालमै उत्पादित हुने प्राङ्गारिक मल लगायतबाट पूर्ति गरिँदै आएको छ ।

Share this news: