सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

अस्ट्रेलियामा विस्रवेन विसौनीको ८ औँ सिर्जना वाचन कार्यक्रम सम्पन्न

प्रवास

Capture

अस्ट्रेलियामा विस्रवेन विसौनीको ८ औँ सिर्जना वाचन कार्यक्रम सम्पन्न

सुदीप त्रिपाठी प्रतीक/ विस्रवेन – अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड अस्ट्रेलिया च्याप्टरको आयोजनामा ६ मे सोमबार विस्रवेन विसौनीको नियमित सिर्जना वाचन कार्यक्रमको ८ औ श्रृङ्खला सम्पन्न भएको छ। अस्टे«लियाको विस्रवेन स्थित चमसाइड लाइवेरिमा भएको उक्त कार्यक्रममा दुई दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु केशव शर्मा, बसन्त सुवेदी, तारा बहादुर डागी, गिरीराज खनाल, सुर्दशन दाहाल, सफल घिमिरे, गीता पण्डित, विनोद भक्त आचार्य, राजन कोइराला, राजेन्द्र अधिकारी, सुदिप त्रिपाठी प्रतीक, राजेश्वरी रेग्मी अधिकारी लगायतले रचना वाचन गरेका थिए ।

 

विस्रवेनी विसौनीको नियमित श्रृङ्खला हरेक तिन तिन महिनामा सञ्चालन गरिदै आइरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाका अध्यक्ष केशव शर्माले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन सफल घिमिरेले गरेका थिए । नेपाली साहित्य लेखनमा रुची राख्दै आइरहेका साहित्य प्रेमी तथा अनुरागीहरुको लागि साझा थलोको रुपमा स्थापित विस्रवेन विसौनीले केही बर्ष देखि नियमित रुपमा कार्यक्रम गर्दे आइरहेको छ। अन्तराष्ट्रिय साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टरको आगामी कार्यक्रम भानुजयन्तीको अवसरमा जुलाई महिनामा गरिने बताइएको छ ।

Share this news: