सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

जीवजन्तु लोप हुनसक्ने राष्ट्रसंघको चिन्ता, मान्छे प्रमूख कारण

विचित्र–संसार

rabbits-small-animals

जीवजन्तु लोप हुनसक्ने राष्ट्रसंघको चिन्ता, मान्छे प्रमूख कारण

सुनाखरी न्युज/ काठमाडौं –
मान्छेका कारण पृथ्विवाट जीवजन्तु नै लोप हुने खतरा बढेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरुका अनुसार विश्वका १० लाखभन्दा बढी जीव तथा वनस्पतिका प्रजातिहरु लोप हुने खतरामा छन् ।

अध्येताहरुका अनुसार हाल मान्छेले प्रकृतिलाई दिएको दुःख मानव इतिहासकै सबभन्दा धेरै हो ।

जैविक विविधताबारेको संयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिवेदनका अनुसार पृथ्वीबाट जीव लोप हुने दर विगतको भन्दा दशौँ मात्र नभई सयौँ गुणा बढेको छ । करिब पाँच लाख पशु तथा वनस्पति प्रजातिलाई दीर्घकालीन जीवनका लागि पर्याप्त वासस्थान छैन । अर्थात्, वासस्थान पुनस्र्थापना नगरेसम्म तीमध्ये धेरै आगामी दशकमै लोप हुने खतरामा छन् । महासागरको अवस्था पनि योभन्दा खासै राम्रो छैन ।
जंगल, घाँसे मैदान र अन्य क्षेत्रहरु खेत, शहर र अन्य विकास आयोजनामा उपयोग गरिनाले वनस्पति तथा जनावरहरुलाई बासस्थानको अभाव भएको छ । यी नै कारणले जीवजन्तु लोपहुने खतरा बढेको हो ।

Share this news: