सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ

सुन–चाँदी

Gold Arrest

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ

सुनाखरी न्युज/  मकवानपुर – हेटौंडा उपमहानगरपालिका १५ स्थित सडकबाट भोजपुर खडानन्द नगरपालिका ४ भोजपुर बस्ने २९ वर्षीय किशोर ल्वागुन बिश्चकर्मालाई सुन जस्तो देखिने पहेलो धातु करिब १ हजार ६ सय ४९.९६ ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस जाँच गर्ने क्रममा उनले लुकाईछिपाई ल्याउँदै गरेको उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: