सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

राहुल गान्धीको दोहोरो नागरिकता सम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

विश्व

rahul-gandhi

राहुल गान्धीको दोहोरो नागरिकता सम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

सुनाखरी न्युज/ काठमाडौं – भारतीय कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले दोहोरो नागरिकता विवादमा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। लोकसभा चुनाबको पूर्बसन्ध्यामा गान्धी विरुद्ध दायर गरिएको उजुरी खारेज हुने फैसला सर्वोच्च अदालतले सुनाएको हो। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको बेञ्चले सो मुुद्धा हेरेको थियो।सुनुबाईमा अदालतले निवेदकलाई गान्धीको नागरिकता विवादबारे सोध्नुको कारण के हो भनी प्रश्न गरेका थिए। उजुरीकर्ताले आफू भारतीय नागरिक भएकोले गान्धी पनि भारतीय नागरिक भएको उनी प्रधानमन्त्रीको दौडमा भएकाले जवाफ दिएका थिए।

 

उनले गान्धीको बेलायतको नागरिकता रहेको दावी गरेका थिए। राहुल गान्धीलाई लोकसभा निर्वाचनमा उम्मेदबार हुन अयोग्य भएको आदेश जारी हुनुपर्ने उनको माग थियो। तर सर्वोच्चले उनको निवेदनलाई पहिलो सुनुवाईमै खारेज हुने फैसला सुनाएको छ। निवेदनकले वेलायतको एक कम्पनीले आफ्नो दस्तावेजमा राधुल गान्धीको ब्रिटिस पासपोर्ट भएको दावी गरेको जिकीर गरेका थिए। सर्वोच्चले ती निवेदकसँग देशको प्रधानमन्त्री बन्ने इच्छा कसलाई छैन भन्ने प्रश्न सोध्दै निवेदन खारेज हुने फैसला सुनाएका थिए।

 

कुनै विदेशी कम्पनीले दावी गरेकै भरमा कसैलाई पनि दोषी ठहर गर्न नमिल्ने अदालतको तर्क थियो। यसअघि भारतिय जनता पार्टी ९भाजपा०का एकजना सांसद सुुब्रमनियन स्वामीले पनि गान्धी बेलायतको नागरिक भएको आरोप लगाएका थिए। जुन प्रकरणमा गृह मन्त्रालयले गान्धीलाई नोटिस समेत पठाएको थियो।

Share this news: