सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

शुक्रबार दुई लघुवित्तको आईपिओ निष्काशन हुँदै

शेयर

IPO

शुक्रबार दुई लघुवित्तको आईपिओ निष्काशन हुँदै

सुनाखरी न्युज/ काठमाडौं – बैशाख २७ गते शुक्रबारबाट दुई लघुवित्तको आईइपिओ निष्काशन हुँदै छ । जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्तले शुक्रबार बाट आइपीओ बिक्री गर्दै छन् । जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ३२ हजार ९ सय ९० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो भने स्वाभिमान लघुवित्तले १ लाख ८५ हजार ५ सय ८७ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो। दुवै कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता देखि आवेदन दिन सकिने छ । दुवै कम्पनीको आइपीओमा वैशाख ३१ गते बन्द हुने छन् भने सो समयसम्म सम्पूर्ण शेयरमा आवेदन नपरेमा जेठ २६ गतेसम्म समय थप गरिने छ ।

 

लघुवित्त कम्पनीहरुको आइपीओमा लगानीकर्ताको राम्रै चासो रहेको पाईन्छ। धेरै लगानीकर्ताले आवेदन दिने र कम्पनीले थोरै शेयर खुलाउने हुनाले लघुवित्तको आइपीओमा गोलाप्रथाबाट १० कित्ता शेयर लगानीकर्ताले शेयर पाउने गर्छन । त्यसैले न्युनतम १० कित्ता शेयर आवेदन दिनु नै उत्तम देखिएको छ।

Share this news: