सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

होटल संघमा पहिलो पटक महिला नेतृत्व चयन

घुमफिर–पर्यटन

sirjana rana

होटल संघमा पहिलो पटक महिला नेतृत्व चयन

सुनाखरी न्युज/
काठमाडौँ — होटल संघ नेपालले संघको इतिहासमा नै पहिलो पटक महिला नेतृत्व पाएको छ । संघको ४६ औं वार्षिक साधरणसभाले होटल अन्नपुर्णकी सञ्चालक सिर्जना राणालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको प्रथम उपाध्यक्षमा विनायक शाह, द्वितीय उपाध्यक्षमा प्रविनबहादुर पाण्डे, महासचिवमा साजन शाक्य, कोषाध्यक्ष विशाल कुमार सहित २५ कार्यसमिति चुनिएका छ । संघको साधारणसभा विहिबार शोल्टी होटलमा सम्पन्न भएको थियो ।

Share this news: