सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

नेप्सेमा ९ कम्पनीको १ करोड ६६ लाख कित्ता शेयर सूचिकृत

शेयर

Share listed

नेप्सेमा ९ कम्पनीको १ करोड ६६ लाख कित्ता शेयर सूचिकृत

सुनाखरी न्युज/ काठमाडौं – यस साताभर नेपाल स्टक एक्सचेन्ज नेप्से मा ९ वटा कम्पनीहरुको १ करोड ६६ लाख ६५ हजार ४६९ दशमलव २५ कित्ता शेयर सूचिकृत भएका छन् । आठ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ भने एक कम्पनीको आईपीओ सूचिकृत भएको छ । स्पर्श लघुवित्त वित्तीय संस्थाको ८ लाख २९ हजार ६३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।

 

त्यस्तै हिमालय बैंकको ४० लाख ५७ हजार २६५ कित्ता, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८ दशमलव २२ कित्ता, साल्ट टेडिङ्ग कर्पोरेशनको ३ लाख ७ हजार ४२४ कित्ता र सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता शेयर सूचिकृत भएको छ । त्यस्तै गरी भार्गव विकास बैंकको २ लाख ६४ हजार कित्ता, सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता, काबेली विकास बैंकको ७ लाख ३७ हजार ६६ दशमलव ४० कित्ता र नेपाल एसबिआई बैंकको ४० लाख २३ हजार ४५२ दशमलव ६३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएका छन् ।

Share this news: