सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

देशभरको इन्टरनेट र टिभि सेवा प्रभावित हुनेगरी विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको तार काट्न सक्ला ? के हो भित्रि पाटो ?

उर्जा

Electricity Pole

देशभरको इन्टरनेट र टिभि सेवा प्रभावित हुनेगरी विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको तार काट्न सक्ला ? के हो भित्रि पाटो ?

सुनाखरी न्युज/

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले बढेको पोल भाडा नतिर्नेहरुको तार काट्ने निर्णय गरेपछि इन्टरनेट र केवल सेवा प्रदायकहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणले बढाएको पोल भाडा तिर्न नसक्ने दाबी गर्दै तार काटिए आफ्नो जिम्मेवारी नहुने बताए ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले प्राधिकरणले एकै पटक ५ सय प्रतिशतसम्म पोल भाडा वृद्धि गरेका कारण तिर्न नसकिने दाबी गरे ।
प्राधिकरणले गत भदौंदेखि इन्टरनेट र केबल सेवा प्रदायकहरुले प्रयोग गर्ने आफ्नो पोल भाडा वृद्धि गरेको छ। प्राधिकरणको पूर्वाधार प्रयोग गरी अरुले धेरै आम्दानी गरे पनि प्राधिकरणलाई लाभ नभएको भन्दै भाडा बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले बढेको पोल भाडा नतिर्नेको तार काट्न मातहतका शाखाहरुलाई निर्देशन दिइएको बताए ।

Share this news: