सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

शिक्षा

Capture

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ पर्वत – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्वत कुश्मा नगरपालिका स्थित श्री नारायण माध्यमिक विद्यालयमा जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र उक्त विद्यालयको सहकार्यमा कक्षा ९ र १० का विधार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सोही विद्यालयका प्रधानाध्यापक अम्विका देवी लोहनी आचार्यको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक निर वहादुर वानियको आतिथ्यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वत, सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा, अस्थायि प्रहरी चौकी कुश्मा, शिक्षक, शिक्षिका तथा विधार्थीहरु गरी करिव १५० जनाको उपस्थिति रहेको थियो ।

 

सो सचेतना कार्यक्रममा आधारभुत सुरक्षा, सामुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंशा नियन्त्रण, ट्राफिक नियम सम्वन्धी, साईवर सुरक्षा तथा लागु औषध नियन्त्रण विषयहरुमा प्रहरी निरीक्षक निर वहादुर वानिया, ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक राम वहादुर भट्ट क्षेत्रीले प्रशिक्षण प्रदान गर्नु भएको थियो उपस्थित विद्यार्थीहरुले समाजमा शान्ति सुरक्षाको लागी बिधार्थीहरुको पनि महत्व पुर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागी प्रहरी र विधार्थीको सम्वन्ध जरुरी रहेको र विद्यालयमा प्रहरीवाट सिकेका कुराहरु घर परिवार समेतमा सिकाई समाजमा सकारात्मक प्रभाव पार्न सकिने भनि आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

Share this news: