सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

नेपाल र भियतनामबीच१६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर, कुटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने

विश्व

pm-kp-oli-visit-vietnam_9os4uTMM1g

नेपाल र भियतनामबीच१६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर, कुटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने

सुनाखरी न्युज/
काठमाडौं-
नेपाल र भियतनामबीच १६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा सो सम्झौतामा हस्ताक्षर भएको हो ।

संयुक्त वक्तब्य कुटनीतिक रहादानीबहाकलाई भिसाबिना यात्रा, भियतनामले नेपालको कृषि क्षेत्रमा सघाउनेसहितका समझदारीमा हस्ताक्षर भएको हो । यो सहमति दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई परराष्ट्र मन्त्रीबीच भएको हो। उनीहरुबीच व्यापार र लगानीबारेमा पनि समझदारी भएको छ । भेटका क्रममा दुई देशबीच भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बनाउन पनि सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भियतनामले नेपालमा उत्पादित सामानलाई आफ्नो बजारमा ल्याउने पनि सहमति जनाएको छ। नेपालले भियतनामको लगानी नेपालको उत्पादन क्षेत्रमा लगाउन प्रोत्साहित गर्ने पनि सहमति गरेको छ । दुई देशले ब्यापार तथा लगानी सम्झौता निकट भविष्यमा गर्ने समझदारी गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको भ्रमणका क्रमममा नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने अर्को सहमति भएको छ।
लामो समय युद्धबाट गुज्रिएका दुवै देशबीच कुटनीतिक राहदानीबाहकलाई यात्रका क्रममा भिसा नचाहिने सहमति भएको छ । यो सहमतिपछि दुई देशबीच कुटनीतिक सम्बन्ध अझ मजबुत बनाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलाई त्यहाँका समकक्षीको निवासमा शनिबार स्वागत गरिएको थियो । त्यहीक्रममा ओलीलाई त्यहाँका प्रधानमन्त्री न्युग्यन सुआन फुकले स्वागत गरेका थिए ।

Share this news: