सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

पूर्व स्वः मन्त्री अधिकारीको स्मृतिमा अनेरास्ववियुद्वारा सहयोग

राजनीति

Rabindra_adhikari

पूर्व स्वः मन्त्री अधिकारीको स्मृतिमा अनेरास्ववियुद्वारा सहयोग

श्रीभद्र पौडेल/ हेमजा – अनेरास्ववियु कास्कीले शुक्रवार एक कार्यक्रमका बीच ढिकुरपोखरी स्थित माछापुछ्रे माध्यमिक विद्यालयमा सहयोग गरेको छ । अनेरास्ववियूले पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा कक्षा १ देखि ९ सम्मका कुल १५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री तथा झोला वितरण गरेको हो । कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष शेखर गौतमले इमान्दार नेताका रुपमा अधिकारीलाई स्मरण गर्दै सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत प्रदान गर्न स्वः अधिकारीको भुमिका महत्वपूर्ण रहेको औँल्याए ।

 

सो अवसरमा अनेरास्ववियुका नेता रमेशराज भण्डारी, इञ्जिनियर रमेश पौडेल, विद्यालयका प्रधानाध्यापक घनस्याम पौडेल लगायतले पनि भनाई राखेका थिइ । उनीहरुले स्वः मन्त्री अधिकारीको जीवनीबाट नेपालीले इमान्दारीता, कर्तव्य परायणता जस्ता पक्षहरु सिक्नुपर्नेमा जोड पनि दिए । प्रधानाध्यापक पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम अनेरास्ववियुका नेता भण्डारीले संचालन गरेका थिए ।

Share this news: