सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण बिशेष अभियान २०७६ शुभारम्भ

स्वास्थ्य

images

सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण बिशेष अभियान २०७६ शुभारम्भ

सुनाखरी न्युज/ काठमाडौं – समुदाय प्रहरी साझेदारी आवधारणा अन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण सम्बन्धी बिशेष अभियान २०७६ को सोमबार शुभारम्भ भएको छ । निजामती कर्मचारी अस्पतालको प्राङगणमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुबेदी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा डा बासुदेव त्रिपाठीले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

 

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक सुवेदीले सबै नागरिकको चाहना, सभ्य र सुरक्षित समाज रहेको चर्चा गर्दै वर्तमान अवस्थामा समाजिक विकृतिबाट सिर्जित अपराधको बढोत्तरी भएकोले यस्ता अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी सदैव सक्रिय भइरहेको बताउनुभयो । कार्यक्रममा सिभिल अस्पतालका डाईरेक्टर प्रा डा दीर्घराज आरसीले स्वागत मन्तव्य व्यक्त गर्दै सूर्तिजन्य पदार्थ जस्ता विसंगतीहरुलाई न्यूनिकरण गर्न यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

 

सो अवसरमा प्रदेश नम्बर ३ का सांसद दिपेन्द्र श्रेष्ठ, काठमाडौं वडा नम्बर १० का अध्यक्ष रामकुमार सुबेदी, काठमाडौं वडा नम्बर ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा डा बासुदेव त्रिपाठीले समेतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समुदाय प्रहरी निजामति कर्मचारी अस्पताल समितिका पदाधिकारीहरु, समुदायिक सेवा केन्द्रका सदस्यहरु, जनप्रतिनिधिहरु , स्थानीय बासिन्दा, विभिन्न विद्यालय विद्यार्थीहरु, नगर प्रहरी तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेका थियो ।

Share this news: