सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

शताब्दि पुरुष सत्यमोहन जोशीको १०० औं जन्मोत्सव, सिँगो ललितपुर नै बन्यो उल्लासमय

सुनाखरी विशेष

sss

शताब्दि पुरुष सत्यमोहन जोशीको १०० औं जन्मोत्सव, सिँगो ललितपुर नै बन्यो उल्लासमय

सुनाखरी न्युज/
काठमाडौं–वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ पूरा भएर १०० वर्ष लागेका छन् ।

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उनकै निवासमा आफन्तजनहरुले उनको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका थिए । उनलाई बग्गीमा राखेर  विशेष सम्मान गरियो ।

 

उनको सम्मानमा सोमबार ललितपुर उपमहानगरपालिकाले रथारोहण गरेको छ। ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जोशी देशकै एक अनमोल रत्न एकाले महानगरले सोमबार बिदा दिएको तथा उनका नाममा उद्यान र सडक निर्माण समेत गरिने निर्णय भएको जानकारी दिए ।
पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

उनको सम्मानमा आजै ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

Share this news: