सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट विक्री कक्ष स्थापना

अटो

Capture

इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट विक्री कक्ष स्थापना

सुनाखरी न्युज/ काठमाडौं – अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा लि ले इटहरीमामहिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयरपाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै रहेको यस विक्री कक्षको समुद्घाटन युगल सिंह ९स्पेयर पार्ट प्रमुख, अग्निग्रुप०ले गर्नु भएको थियो । यस समुद्घाटन कार्यक्रममा अमितकुमार चौधरी डिलर नेटवर्क प्रमुख, अग्नि ग्रुप लगायत कम्पनीका कर्मचारी, पूर्वका डिलरहरु तथा स्थानीय जनसमुदायको सहभागिता समेत रहेको थियो । समुद्घाटन समारोह सँगै २०७६ जेठ महिनाभर कम्पनीले स्पेयर पार्टहरुमा १२ प्रतिशतसम्म छुट दिने घोषणा समेत गरेको छ ।

 

यो स्पेयर पार्ट विक्रीकक्षयही वैशखा ३० गतेदेखि सञ्चालनमाआएको छ । कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रितन भई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको छ साथै चाहिएको वेला सर्वसुलभ तरिका बाट समयमै ग्राहकरु लाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ । नयाँ स्पेयर पार्ट विक्री कक्षसँगै कम्पनी र ग्राहक बीचको सम्बन्ध अझ बलियो बन्ने विश्वास लिइएको छ ।

 

अग्नी ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्नी ग्रुप प्रा लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा लि, अग्नीइनर्जी प्रा लि, अग्नीमोटोइन्क प्रा लि, बालाजू अटो वक्र्स प्रा लि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।

Share this news: