सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

सुन आज तोलाको ६१ हजारमा कारोबार

सुन–चाँदी

gold

सुन आज तोलाको ६१ हजारमा कारोबार

सुनाखरी न्युज/ काठमाडौं – सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । तोलाको ६१ हजार रुपैयाँमा आज कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।

 

भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघले जनाएको छ । यसको प्रभावले नेपाली बजारमा भाउ उकालिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share this news: