सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

सबै नेपालीको अनुहार उज्यालो बनाउने बजेट आउछ, नीतिगत र योजनागत आधारमा बजेट विनियोजन हुन्छ : अर्थमन्त्री

अर्थ

yu

सबै नेपालीको अनुहार उज्यालो बनाउने बजेट आउछ, नीतिगत र योजनागत आधारमा बजेट विनियोजन हुन्छ : अर्थमन्त्री

सुनाखरी न्युज/ काठमाडौं – अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनताको अनुहार उज्यालो पार्ने बजेट ल्याउन लागिएको जानकारी दिएका छन। संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले नेपाली जनताको अनुहारमा उज्यालो आउने गरी बजेटले प्राथमिकता तोकेको बताएका हुन। सांसदहरूले बजेटका सिद्धान्त र प्राथमिकता निश्चित क्षेत्रगत नभएको र कनिका छरेजस्तो बजेट आउने संकेत गरिएको भन्दै उठाएका प्रश्नको जवाफमा मन्त्री खतिवडाले भने, क्षेत्रगत प्राथमिकता कृषि, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य के होरु भन्ने आएन। यसरी प्राथमिकता खोज्दा खेरि मान्छेको अनुहार हराउँदो रहेछ। मान्छे नदेखिने क्षेत्रगत प्राथमिकताले हाम्रो उद्देश्य पूरा हुँदैन। सबै नेपालीको अनुहार जहाँ उज्यालो देखिन्छ त्यहीँ हाम्रो प्राथमिकता हुनेछ। खास क्षेत्रलाई प्राथमिकता दिन खोज्यो भने हाम्रो उद्देश्य पूरा हुन सक्दैनु, मन्त्री खतिवडाले भने, ुयो बजेट क्षेत्रगत प्राथमिकतामा अल्झीएको छैन र अलझिने छैन।

 

नीतिगत र कार्यक्रमगत प्राथमिकता के हुन्छन् भन्नेमा जान खोजेका छौँ। संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई आधार बनाएर बजेट बनाइने बताउँदै उनले क्षेत्रगत आधारमा भन्दा नीतिगत, कार्यगत र योजनागत आधारमा बजेट विनियोजन हुने बताएका हुन। अर्थमन्त्री खतिवडाले सरकार वित्तीय संघीयता कार्यान्वयनमा दृढ रहेको बताए। उनले भने, हामी बजेट अनुशासन र मापदण्डमा बस्नुपर्दछ, त्यसका लागि सबैको सहयोग आवश्यक छ, वित्तीय सङ्घीयता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ, ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्ने सन्दर्भमा अन्तर प्रदेशबीचको सन्तुलन कायम गरिनेछ ।

 

राज्यका सिद्धान्त, मौलिक हक, प्रेस स्वतन्त्रता, मानवअधिकार सँग उठेको प्रश्न कानुन निर्माणका क्रममा संसद्मा आगामी दिनमा पर्याप्त छलफल हुने बताउँदै अर्थमन्त्री डा खतिवडाले बनेका कानुनलाई कार्यान्वयन गर्नेमा सरकार प्रतिबद्ध रहेको धारणा राखे। बजेट विनियोजन गर्दा जनसंख्या र भौगोलिक सन्तुलन दुवै महत्वपूर्ण छ, प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको मापदण्डलाई मुख्य आधार मानिने बताउँदै अर्थमन्त्री खतिवडाले भने, सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै लगिनेछ, नीति तथा कार्यक्रम र बजेटमार्फत् वित्तीय सङ्घीयता कार्यान्वयन हुने अवस्थामा पुगेको छ। दिगो विकासले शान्ति र समानता बढाउने पक्षलाई बजेटले आत्मसात् गर्ने बताउँदै मन्त्री खतिवडाले, गरीबी, बेरोजगारी र सुशासनका विषयलाई पनि बजेटले सम्बोधन गर्न प्रयत्न गर्नेछ । बजेटको आकार ठूलो भए पनि निजी क्षेत्रले सहयोग गरेन भने कार्यान्वयन गर्न निकै चुनौती हुने कुरालाई मनन गरी निजी क्षेत्रलाई उत्साहित गर्ने पाटोलाई पनि बजेटले ध्यान पुर्‍याउने उनले प्रतिबद्धता जनाए।

 

अर्थमन्त्रीले मुलुकले अपनाएको राजनीतिक र आर्थिक प्रणाली तथा अन्तर्राष्ट्रिय सम्बन्धमा टेकेर बजेट तयार हुने जानकारी दिएका थिए। उनले बजेट निर्माण गर्ने क्रममा पुँजीवादी विकासको बहस र कुन देशले कस्तो प्रणाली अपनाएको छ भन्ने कुरामा अल्झिएर मौलिक किसिमले गर्ने जानकारी गराए। उनले नेपालले शान्तिप्रक्रिया र संविधान मौलिक किसिमले पूरा गरेको भन्दै आर्थिक समस्या पनि मौलिक ढंगले टुंग्याउनुपर्ने धारणा राखेका थिए। तीन दिनसम्म चलेको प्री(बजेट छलफलमा आएका सांसदका सुझावलाई बजेटमार्फत सम्बोधन गर्ने अर्थमन्त्रीले प्रतिबद्धता जनाएका थिए। विधेयकका बारेमा सांसदहरूले उठाएका प्रश्न र सुझावलाई एकीकृत गरी सम्बोधनका लागि अर्थ मन्त्रालयमा पठाइने सभामुख कृष्णबहादुर महराले जानकारी दिए।

Share this news: