सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल बिच सम्झौता

बीमा

Capture

प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेड र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रा लि बिच नगद रहित क्यास लेस सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रा लि को तर्फ बाट अध्यक्ष डा बद्री पौडेलले हस्ताक्षर गर्नुभयो ।

 

सम्झौता अनुसार प्रभु इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रा लि मा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहितक्यास लेस सुविधा प्राप्त गर्न सक्नेछन् ।

Share this news: