सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

एनआई सी एशिया बैंक र स्पार्क हेल्थहोम बीच सम्झौता

बैकिङ

Capture

एनआई सी एशिया बैंक र स्पार्क हेल्थहोम बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – एनआई सी एशिया बैंक लिमिटेड रस्पार्क हेल्थहोम प्रा लि,काठमाडौं बीच बैंकका कर्मचारी,कर्मचारीका परिवार,बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरु लाई स्पार्क हेल्थहोममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फ बाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थहोमको तर्फबाट स्पार्क हेल्थहोमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गर्नुभयो।

 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहक लाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share this news: