सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

सुरक्षा–अपराध

Arrest-842×600

मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – गोकर्णश्वर नगरपालिका ८ अत्तरखेलमा पार्किङ गरी राखेको प्रदेश नम्बर ३-००२-००३ प ८१३१ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा कागेश्वरी नगरपालिका १ गागलफेदी बाट ३ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका ५ पालुवारी घर भएका २६ वर्षीय तिलक बहादुर तामाङ, सोही नगरपालिका ४ जर्सिङपौवा बस्ने २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मदसजाद खान रहेका छन् ।

 

उक्त मोटरसाइकल शनिबार चोरी गरी सोही ठाउँस्थित मर्मत केन्द्रमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बिट गागलफेदी समेत खटिएको प्रहरीले कागेश्वरी नगरपालिका १ स्थित मोटरसाइकल मर्मत केन्द्रमा जाँच गर्ने क्रममा उक्त मोटरसाइकलका पार्टपूर्जाहरु अलग्याईएको अवस्थामा फेला पारेको हो । मर्मत केन्द्र बाट अन्य मोटरसाइकलका विभिन्न पार्टपूर्जा समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: