सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

आगलागीबाट करिब ९६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

देश–प्रदेश

fire in dald

आगलागीबाट करिब ९६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

सुनाखरी न्युज/ काठमाडौं – करिब एकै समयमा देशका ३ स्थानमा आगलागी हुँदा करिब ९६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मंगलबार ११: ४५ देखि १२:२० बजे सम्मको सो अवधिमा धनुषा, बाँके र पाँचथरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

 

धनुषा, गणेशमान चारनाथ नगरपालिका ३ भरतपुर बस्ने वासदेब महतोको बाँसको टाटीले बारेको कच्ची घरमा ग्याँस लिक भई आगलागी हुँदा घरभित्र रहेको नगद १ लाख रुपैयाँ, सुन २ तोला र विभिन्न सामानहरु जलेर करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

बाँके, नेपालगंज उपमहानगरपालिका ४ बाईपास रोडस्थित कृष्ण पुनको बडी कारखाना ग्यारेज मा आगलागी हुँदा ग्यारेज र ग्यारेजभित्र रहेको ना ५ ख २४६५ र ना ४ ख ७०२४ नम्बरको बस पूर्णरुपमा जलेर नष्ट भई करिब ७२ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

पाँचथर, फिदिम नगरपालिका १२ मिलडाँडा बस्ने झुमनाथ चापागाईको ढुंगामाटो र काठले बनेको घरमा बिजुली सर्ट भई आगलागी हुँदा घरभित्र रहेको नगद १० लाख, सुन ५ तोला, अन्नपात, लताकपडा र भाडावर्तन लगायत जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानमा आगो नियन्त्रणमा आएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीका सम्बन्धमा जानकारी समेत गराउँदै आएको छ ।

Share this news: