सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर बिच बिप्रेषण सम्झौता

बैकिङ

Capture

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर बिच बिप्रेषण सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनीमनी ट्रान्सफर बिचबिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्नभएको छ । यस सम्झौतापश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखा बाट सहज र सरल ढंगले प्राप्तगर्न सकिने छ । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए टि एम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

यसका साथ साथै शाखाहरु सँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरु लाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु,घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए टि एम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Share this news: