सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

संसदीय समितिद्धवरा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

ट्रेन्डिङ

Melamchi

संसदीय समितिद्धवरा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

सुनाखरी न्युज/ काठमाडौं – संसदीय समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन सरकारलाई कडा निर्देशन दिएको छ ।समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो । काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनु भयो ।

 

त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नरगराउन पनि खानेपानी मन्त्रालयलाई सचेत गराएको छ । समितिले राष्ट्रिय खानेपानी तथा सरसफाई नीति र सो सम्बन्धि ऐन शिघ्र तर्जुमा गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ । त्यसैगरी स्वच्छ खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाउन, भूकम्पले क्षति पु¥याएका खानेपानी आयोजनाहरु छिटो संचालनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति खड्काले बताउनु भयो ।बैठकमा खानेपानी मन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

 

उहाँले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक कामकार्वाहीलाई अघि बढाइएको दावी पनि गर्नु भयो । इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानीको बाँकि काम अलपत्र छोडेर हिँडेपछि त्यसलाई अघि बढाउन नसकेको भन्दै मन्त्री मगरको सर्वत्र आलोचना भईरहेको छ ।

Share this news: