सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

२५ न वडालाई पुर्ण खोप सुनिश्चिता घोषणा

स्वास्थ्य

Capture

२५ न वडालाई पुर्ण खोप सुनिश्चिता घोषणा

गोबिन्द तिमिल्सिना/ हेमजा – पोखरा महानगरपालिका वडा न २५ हेमजालाई राष्ट्रिय खोप सुनिश्चता तथा दिगोपना घोषणा कार्यक्रम बुधबार वडा कार्यलय हेमजामा भएको छ । कार्यक्रममा वडा सचिब इश्वरि पोखलले महानगरबाट प्रतिनिधी नआएकोमा दुःख ब्यक्त गर्दै वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । हेमजा स्वास्थ्य चौकि प्रमुख हेलन पन्त बोहोराले हेमजामा आजसम्मको तथ्यङक अनुसार १६० जना बालबालिका रहेको र उनिहरुलाइ पुर्णरुपमा खोप लगाइएको बताइन । उनले भनिन – यो कार्यक्रम बैशाखमा नै गर्नु पर्ने भएता पनि ४ जना बालबालिकाले खोप नलगाएकाले जेठ महिनामा गरिएको हो ।

 

कुनै पनि बालबालिका खोपबाट छुट्न नहुने र यसको लागि मिडिया र बिद्यलयबाट पनि सहयोग गर्न आग्रह गरिन । कार्यक्रममा वडा सदस्य जितबहादुर कार्की, महिला स्वयमसेबिका अध्यक्ष शान्ता के।सी, ग्राम प्रकास प्रा बि का प्रध्यपक मनोहरि तिमिल्सिनाले आफनो भनाइ राखेका थिए । स्वास्थ्य चौकि ब्यबस्थापन समितिका अध्यक्ष सोभाखर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष धर्मराज बाँस्तोलाले र सञ्चालन प्रमुख बाहोराले गरिन ।

Share this news: