सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

मन्त्रिपरिषद्को निर्णयः मेलम्ची खानेपानीको हेडवक्र्स तथा सुरुङ निर्माणसहितका सबै काम तत्काल अघि बढाइने

हाइलाइट-समाचार

Cabinet

मन्त्रिपरिषद्को निर्णयः मेलम्ची खानेपानीको हेडवक्र्स तथा सुरुङ निर्माणसहितका सबै काम तत्काल अघि बढाइने

सुनाखरी न्युज/
काठमाडौं-
मन्त्रिपरिषद्को निर्णयः मेलम्ची खानेपानीको हेडवक्र्स तथा सुरुङ निर्माणसहितका सबै काम तत्काल अघि बढाउने निर्णय गरेको छ । विकिारको वैठकले देशभर मिचिएका सरकारी तथा सार्वजनिक जग्गा खोज्न चार सदस्यीय जाँचबुझ आयोग पनि बनाएको छ ।

सरकारले विदेशी लगानीका लागि न्यूनतम् सीमा पनि तोकेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटका अनुसार प्रतिविदेशी लगानीकर्ता नेपाली रुपैयाँ पाँच करोड न्यूनतम् तोक्ने निर्णय भएको हो।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाको कार्यअवधि दिएर झापाका मोहनरमण भट्टराईको संयोजकत्वमा आयोग बनाएको हो । आयोगका सदस्यमा संखुवासभाका जानकीबल्लभ अधिकारी, महोत्तरीकी दुर्गा दाहाल र सिन्धुपाल्चोकका जगतबहादुर देउजा रहेका छन ।

Share this news: