सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

सुनको भन्सार दर बढ्यो, प्रति १० ग्राम रु ५००० लाग्ने, विदेसवाट फर्किएका यात्रुले १०० ग्राम गहना महसुलतिरी पैठारीगर्न सक्ने

सुन–चाँदी

Gold@

सुनको भन्सार दर बढ्यो, प्रति १० ग्राम रु ५००० लाग्ने, विदेसवाट फर्किएका यात्रुले १०० ग्राम गहना महसुलतिरी पैठारीगर्न सक्ने

शिव दुवाडी/

सुनाखरी न्युज/
काठमाडौं-
सरकराले आर्थिक बर्ष २०७६-७७ को बजेट मार्फत सुनको आयातमा लाग्दै आएको भन्सार दरमा वृद्धि गरेको छ । आर्थिक विधेयक २०७६ मार्फत विद्यमान ब्यवस्थामा परिमार्जनगरी नयाँ ब्यवस्था लागु गरिएको हो ।

 

नयाँ ब्यवस्था अनुसार अवदेखि प्रति १० ग्राम सुनको आयातमा रु ५००० भन्सार लाग्ने छ । यसअघि प्रति १० ग्राम सुनको आयातमा रु ४२०० भन्सार लाग्दै आएको थियो ।


यस्तै बजेट बक्तब्य मार्फत विदेसवाट फर्किएका यात्रुले आफ्नो साथमा ल्याएको १०० ग्राम सम्मको सुनको गहना महसुलतिरी पैठारीगर्न सक्ने ब्यवस्था सरकारले मिलाएको छ । यसअघि यो ब्यवस्था अनुरुप ५० ग्राम सम्म सुन ल्याउन पाइन्थ्यो ।

Share this news: